२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
चितवन ,१० श्रावण। चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्र्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिनुभयो । उहाँले जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका ५१ घटना दर्ता भएकामा आव २०७७/७८ मा ६० तथा आव २०७८/७९ मा ६३ पुगेका जानकारी दिनुभयो । त्यस्तै बाल यौन दुरुपयोगका घटनामासमेत उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक अधिकारीले आव २०७६/७७ मा पाँच बाल यौन दुरुपयोगको घटना भएको जनाउँदै आव २०७७/७८ मा १० तथा आव २०७८/७९ मा १७ घटना दर्ता भएका जानकारी दिनुभयो । बाल यौन दुरुपयोगका घटनामा विद्यालयका शिक्षकसमेत पीडक हुने गरी उजुरी आउन थालेका प्रहरीको भनाइ छ । त्यस्तै जिल्लामा मानव बेचबिखनका घटनामा भने कमी आएको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रहरीका जिल्लामा आव २०७६/७७ मा छवटा मानव बेचबिखनका घटना दर्ता भएको थियो । त्यस्तै आव २०७७/७८ मा चार तथा आव २०७७/७८ मा तीनवटा घटना मानव बेचबिखनसम्बन्धी दर्ता भएका थिए । जिल्लामा बालाअवस्थामै लागुऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै प्रहरी उपरीक्षक अधिकारीले बालश्रम शोषणका विभिन्न घटनासमेत हुने गरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुव्र्यसनी घटनाउने उद्देश्यले जनचेतनामूलक पाठ्यसामग्री तयार पारेको छ । ती पाठयक्रमलाई विद्यालयमा पढाउने गरी तयारी भइरहेको उल्लेख गर्दै उहाँले स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जिल्लामा बाल यौन शोषण र महिला बालबालिको बेचबिखनको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । सस्थाले महिला तथा बालबालिका, यौन हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । अप्ठ्यारोमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षा प्रदान गरी अभिभावकत्व ग्रहण गर्दै संरक्षण गृहमा राख्ने गरिएको सस्थाले जनाएको छ ।

सस्थाले सात वर्षको बालिकालाई भरतपुरकै एसओएस विद्यालय, एक बालकलाई हेटौँडाको मामाघर तथा तीन बालिकालाई टेरेसा एकेडेमी काठमाडौँमा भर्ना गराएको कार्यक्रममा जानकारी दिइएको थियो । हिंसापीडित छ महिलालाई ब्यूटीसियन तालिममा सहभागी गराएको बालविवाह न्यूनीकरण तथा बालिबालिकामाथि हुने हिंसा रोकथाममा पनि सस्था सक्रिय रहेको छ । सस्थाले बालिकाको संरक्षण तथा उनीहरूमाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउन नेदरल्याण्ड सरकारको सहयोगमा ‘फ्रि अ गर्ल’ परियोजना सञ्चालन गरेको छ ।

सन् २०२१ को अप्रिलबाट सुरु भएको परियोजना २०२२ को डिसेम्बरमा सकिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कानुनी सहायता परियोजनाका गोमा न्यौपाने, देवघाटको रामजानकी आश्रमका अध्यक्ष सावित्री टण्डन, ट्रान्सपरेन्सी इन्टरनेशन चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]