०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

युरोप भ्रमण, जनताको पसिनाबाट उठेको करले रजाई गर्न मात्र जानलागेको आरोप

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,११ साउन।

मधेश प्रदेशका सभासद उपेन्द्र महतोले मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा एक डेढ़ दर्जनको टोली यूरोप किन जाँदैछन् र को–को जाँदैछन् भन्ने प्रश्न उठाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सभासद महतोले कार्यकाल सकिनै लाग्दा स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि नभई घुम्न र प्रदेशको पैसा स्वाहा गर्न मात्र जान लागेको आरोप लगाएका छन् । प्रदेशमा ५ वर्षमा कुनै कार्यालयको खर्च गर्ने तरिका र भुक्तानी गर्ने प्रणाली समेत व्यवस्थित गर्न नसकेको लालबाबु सरकार बिदा हुनलाग्दा केही सिक्न नभई आफ्नो कार्यकालमा आफ्नो भ्रष्टाचारलाई मलजल र ढाकछोप गर्नेलाई खुशी पार्न र पुरस्कृत गर्न जनताको पसिनाबाट उठेको करले रजाई गर्न मात्र जानलागेको उनले आरोप लगाएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]