१९ पुष २०८२, आइतबार
04-01-2026 , Sun
×

युरोप भ्रमण, जनताको पसिनाबाट उठेको करले रजाई गर्न मात्र जानलागेको आरोप

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,११ साउन।

मधेश प्रदेशका सभासद उपेन्द्र महतोले मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा एक डेढ़ दर्जनको टोली यूरोप किन जाँदैछन् र को–को जाँदैछन् भन्ने प्रश्न उठाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सभासद महतोले कार्यकाल सकिनै लाग्दा स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि नभई घुम्न र प्रदेशको पैसा स्वाहा गर्न मात्र जान लागेको आरोप लगाएका छन् । प्रदेशमा ५ वर्षमा कुनै कार्यालयको खर्च गर्ने तरिका र भुक्तानी गर्ने प्रणाली समेत व्यवस्थित गर्न नसकेको लालबाबु सरकार बिदा हुनलाग्दा केही सिक्न नभई आफ्नो कार्यकालमा आफ्नो भ्रष्टाचारलाई मलजल र ढाकछोप गर्नेलाई खुशी पार्न र पुरस्कृत गर्न जनताको पसिनाबाट उठेको करले रजाई गर्न मात्र जानलागेको उनले आरोप लगाएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]