१७ साउन २०८२, शनिबार
02-08-2025 , Sat
×

अवैध काठ ओसारपसार गर्ने ट्याक्टरसहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१२ साउन।
ट्याक्टर प्रयोग गरी अवैधरुपमा ओसारपसार भइरहेको काठसहित धनुषा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

बिहिवार धनुषा प्रहरी कार्यालय मातहत रहेको ईलाका प्रहरी कार्यालय सबैलाबाट खटेका गस्ती टोलिले सबैला नगरपालिका वार्ड नं.९ स्थित भठिहनमा ज १ त ९३४८ नं को ट्रेक्टरमा जङली काठ अं. ५५ क्यु.फिट र फ्लायक ६ थान ट्याक्टरमा लोड रहेको अवस्थामा बरामद गरेका छन्।
चालक शहिदनगर न.पा वडा नं २ बस्ने ३० वर्षको श्रवण कुमार यादवले लुकाई छिपाई ल्याई रहेको अवस्थामा नियन्त्रणमा लिएका थिए। उक्त काठ, ट्रेक्टर र मानिसलाई आवश्यक कार्वाहीको लागी ईलाका वन कार्यालय धनुषाधाममा पठाएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]