२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

धनुषामा विद्यालयमै ओरकेष्ट्रामा अश्लिल गीतमाथी जनप्रतिनीधि नाच्दै

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, १२ साउन।
धनुषामा प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ ।

धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया गोठ टोलस्थित रहेको निम्न माध्यमिक विद्यालयमै ओरकेष्ट्रा नचाएको भिडियोहरु समाजिक संजालमा सार्वजनिक भएको छ ।

विद्यालय प्राँगनभित्र सावन मेलामा आयोजना गरिदै आएको ओरकेष्ट्रामा जनप्रतिनीधिहरुले पैसा लगाएका छन् । धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात ओरकेष्ट्रामा अश्लिल गीतहरुमाथी जनप्रतिनीधिहरु नाच्दै गरेको देखिए ।

ईलाका प्रहरी कार्यालय औरहीका सईसहित भररिया प्रहरी चौकीका असई एवम् ईन्चार्ज राम लक्षण यादवले आफैँ रोहबरमा बसेर धनुषा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाएका छन् ।

प्रहरीले हुने अश्लिल ओरकेष्ट्रा नियन्त्रण भन्दा पनि नचाउनको लागि आफैँ उपस्थित भएर हेर्न थालेपछि प्रहरीमाथिको विश्वास समेत गुमेको छ । प्रहरी ईन्चार्ज आफैँ बसेर ओरकेष्ट्रामा सरिक भए ।

विद्यालय जस्तो क्षेत्रमा ओरकेष्ट्रा नचाउनको लागि वडा नं. ३ का वडाध्यक्ष राम नारायण यादवले चन्दा सहयोग गरेका छन् । वडाबाट समेत वडाध्यक्ष यादवले ओरकेष्ट्रा नचाउन आर्थिक सहयोग गरेको बुझिएको छ ।https://facebook.com/100063713675518/posts/pfbid035SwUJqDCizU46g1cXyRFC5DZNCrZKcURm6WAgTf51JzuAEDki3YeM8Kf4Yg44r9il/

ओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “लहँगा उठेबे त छौडी देबौ ५००” भन्ने बोलको गीतमा जनप्रतिनीधिहरु झुमेको देखिए । यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ ।

यता, वडाध्यक्ष यादवले भने विद्यालयमा कुनै पनि प्रकारको त्यस्तो कार्यक्रम नभएको बताएका छन् । उनले विद्यालयमा ओरकेष्ट्रा भएको वा अन्य कुनै कार्यक्रम नभएको उनले बताए ।

सो क्रममा प्रहरी चौकी भररियाका असई राम लक्षण यादवले भने कार्यक्रम भएको स्वीकारे । उनले सो ठाउँमा धार्मिक कार्यक्रम मात्र भएको प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]