२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

एसईई : धेरै विद्यार्थी फेल हुने देखिएपछि ५ अंक ल्याउनेलाई पनि पास !

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्युजमधेस डेस्क

काठमाडौ,१३ श्रावण।

 

गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो।

यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ।

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले पनि यसपटकको नतिजा नयाँ निर्देशिकाबमोजिम प्रकाशित गर्ने तयारी गरेका थिए । तर नतिजा प्रकाशित गर्नु एक दिनअघि अर्थात् बोर्डको साउन १० गते बसेको बैठकमा नयाँ निर्देशिकाअनुसार पासको न्यूनतम अंक ३५ तोक्दा करिब ५० हजार विद्यार्थी फेल हुने भएपछि रातारात लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरी सबैलाई पास गराउने नीति अख्तियार गरेको स्रोतले जनाएको छ।

बोर्डले सार्वजनिक गरेको एसइई(२०७८ को नतिजामा ४७ हजार ८ सय ६६ विद्यार्थीको प्राप्तांक ३५ भन्दा कम रहेको स्रोतले जनाएको छ। ‘साउन १० को बोर्ड बैठकले नतिजाको विश्लेषण गर्दा पास हुने आधार ३५ अंक मानेको भए करिब ५० हजार विद्यार्थी फेल हुने देखियो,’ पनिका स्रोतले भन्यो, ‘कोरोनाका कारण विद्यार्थीको राम्रो तयारी नपुगेको देखियो। अधिकांश विद्यार्थीले लिखित परीक्षामा ५ अंक ल्याएका रहेछन् । स्कुलहरूले प्राक्टिकलमा २५ अंक हालिदिए।’

स्रोतका अनुसार बल्लबल्ल ३० ल्याएर पास हुने धेरै छन् । यो समाचार नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]