२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

विपद व्यवस्थापन सम्बन्धि २ दिने तालिम कमलामा सम्पन्न

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ श्रावण ।धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ।

भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा कमला नगरपालिकाको कार्यलय माची झिटकहियास्थित जनस्वास्थ्य कार्यलयमा बुधबार सुरु भएको कार्यक्रम बिहिवार बेलुका सकिएको छ।

तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने ? भन्ने बारेमा तालिम प्रदान गरिएको मुख्य प्रशिक्षक सितेश यादवले बताउनुभयो।

उक्त तालिममा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव,उपप्रमुख शिला देवी मण्डल ,वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,सुरक्षाकर्मी ,समाजसेवी अभियन्तालगाइतका सहभागितामा यो तालीम प्रदान गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]