०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

प्रहरीले चलाएको मोटरसाइकलबाट ठक्कर दिदा, साइकल यात्रीको मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

कमल मण्डल ,राजविराज ।सप्तरीमा प्रहरीले चलाएको मोटरसाइकलबाट ठक्कर दिदा एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु भएमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. १ घोघिदह बस्ने वर्ष ६५ को मोतिलाल चौधरी हुन।

सुनसरीको इनरुवा नगरपालिका २, कुसुमगाछि बस्ने वर्ष ३० को प्रहरी रोशन थापा को३४प ८३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । थापा इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रोशन रहेका छन।

पूर्व जाँदै गरेको थापा सवार मोटरसाइकलले अग्निसाइर कृष्णासवरण गाउँपालिका १, जण्डौलमा सडकमै रहेको गाईलाई ठक्कर दिएपछि अनियन्त्रित भएर साइकलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरी र गाई दुवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर मकेन्द्र मिश्रले बताए । थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]