२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

मधेश प्रदेश : भन्सार छलेको आशंकामा ६० लाखको सामान बरामद

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्यूजमधेश डेस्क
वीरगञ्ज,१३ श्रावण । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री थियो । ट्रकको मुल्य ३० लाख रुपैयाँ र सामग्रीको मुल्यांकन ६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ गरिएको छ ।

सामग्री सहितको ट्रक आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]