२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

प्रहरीबाटै यौन दुर्व्यवहार

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१३ साउन।

इलाका प्रहरी कार्यालयमा एक जना थुनुवा युवती प्रहरीबाटै यौन दुर्व्यवहारमा परेकी छन् ।

बाँकेको कोहलपुरमा बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असइ प्रविण चौलागाइँले आफ्नो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

रातको २ बजे हिरासतबाट बाहिर बोलाएर कोठमा लगि दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले असइ चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उक्त घटनामा आरोपित चौलागाइँलाई कानुन अनुसार कारबाही गर्ने जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]