१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

शिक्षा राज्यमन्त्रीकै जिल्लामा गोलमाल

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ श्रावण । संघीय सरकारकी शिक्षा राज्यमन्त्री बोधमाया यादवकै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई धनुषामा बेथितिको चांग लाग्दैछ।

उपसचिव र सिनियर शाखा अधिकृतलाई हटाएर शाखा अधिकृतकाई इकाई प्रमुख बनाउने भएपछि सरोकारवालाहरुले विरोध गरेका छन्।

राज्यमन्त्री यादव नियुक्त भएपछि धनुषामा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। मन्त्रीका आसेपासेहरुले कार्यालय प्रमुखसँग पैसा माग्दै दबाब दिन थालेपछि उनीहरु बस्न सकेका छैनन्।

मान्त्रीका आसेपासेहरुलाई मोटो रकम दिई नियम मिचेर सशी यादवलाई शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ। झण्डै ५ वर्षसम्म धनुषा शिक्षा कार्यालयमा काम गरेका सशी यादव अनियमितता गरेको आरोपमा मन्त्रालयमा तानिएका थिए।

उनको पालामा कार्यालयका विभिन्न दस्तावेजहरु लुकाएको र अबैध तरिकाले काम भएको भन्दै यादवमाथि छानबिनको माग हुँदै आएको छ।

अहिले पुनः सोही व्यक्तिलाई नियम मिचेर शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ।

शिक्षक संघ धनुषाका एक पदाधिकारीले सशी यादवलाई कारवाही गर्नुपर्ने माग गर्दै छानबिनको समेत अपील गरेका छन्।

‘कारवाही हुनु पर्ने व्यक्तिलाई पुनः शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ।’ उनले भने, ‘ नियम कानून मिचेर मन्त्रीले पैसाको लोभमा धनुषाको शिक्षा क्षेत्रलाई बरबाद गर्न खोज्दैछ। यसमा आम जनताले ध्यान दिनु पर्छ।’- हुलाकी न्यूज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]