२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

शिक्षा राज्यमन्त्रीकै जिल्लामा गोलमाल

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ श्रावण । संघीय सरकारकी शिक्षा राज्यमन्त्री बोधमाया यादवकै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई धनुषामा बेथितिको चांग लाग्दैछ।

उपसचिव र सिनियर शाखा अधिकृतलाई हटाएर शाखा अधिकृतकाई इकाई प्रमुख बनाउने भएपछि सरोकारवालाहरुले विरोध गरेका छन्।

राज्यमन्त्री यादव नियुक्त भएपछि धनुषामा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। मन्त्रीका आसेपासेहरुले कार्यालय प्रमुखसँग पैसा माग्दै दबाब दिन थालेपछि उनीहरु बस्न सकेका छैनन्।

मान्त्रीका आसेपासेहरुलाई मोटो रकम दिई नियम मिचेर सशी यादवलाई शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ। झण्डै ५ वर्षसम्म धनुषा शिक्षा कार्यालयमा काम गरेका सशी यादव अनियमितता गरेको आरोपमा मन्त्रालयमा तानिएका थिए।

उनको पालामा कार्यालयका विभिन्न दस्तावेजहरु लुकाएको र अबैध तरिकाले काम भएको भन्दै यादवमाथि छानबिनको माग हुँदै आएको छ।

अहिले पुनः सोही व्यक्तिलाई नियम मिचेर शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ।

शिक्षक संघ धनुषाका एक पदाधिकारीले सशी यादवलाई कारवाही गर्नुपर्ने माग गर्दै छानबिनको समेत अपील गरेका छन्।

‘कारवाही हुनु पर्ने व्यक्तिलाई पुनः शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ।’ उनले भने, ‘ नियम कानून मिचेर मन्त्रीले पैसाको लोभमा धनुषाको शिक्षा क्षेत्रलाई बरबाद गर्न खोज्दैछ। यसमा आम जनताले ध्यान दिनु पर्छ।’- हुलाकी न्यूज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]