२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

जनकपुर जेसीजका महासचिव गुप्ता र कोषाध्यक्ष साह निलम्बित

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ श्रावण । जनकपुर जेसीजले आफ्नो महासचिव र कोषाध्यक्षलाई निलम्बन गर्ने निर्णय गरेको छ ।महासचिव अजय गुप्ता र कोषाध्यक्ष उपेन्द्र साहलाई निलम्बन गरेको हो ।

बुधबार भएको साधारण सभाले गुप्ता र साहलाई निलम्बन गर्ने निर्णय गरेको जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले जानकारी दिए ।

अध्यक्ष साहले संस्थाको नाम जोडेर बोलाइएको साधारण सभा समेत बिथोल्ने किसिमले उनी र उनीहरुका पक्षधर अगाडि आएको बताए । संस्थालाई नै बदनाम गर्ने किसिमले काम गरेपछि गुप्ता र साहलाई निलम्बन गरी महासचिव पदमा यातोष कुमार साह र कोषाध्यक्षमा राजेश मण्डललाई मनोनित गरिएको बताए ।

संस्थाको नाम जोडेर संस्थाकै पदाधिकारीले अनियमितता गरेको भन्दै छलफलका लागि जेसीज अध्यक्ष साहले साधारण सभा बोलाएका थिए ।

तर, जेसीजकै सचिवालयमा बोलाइएको साधारणसभा पूर्व अध्यक्ष शंकर प्रसाद साह, तुलसी पंजियार, सुधीर पंजीयार, नासिर अहमदसहितकाले हो हल्ला गर्दै बिथोलेका थिए ।

शाखा अध्यक्ष ले जति प्रयास गरे पनि साधारण सभा सुरु हुनु पूर्व नै जथाभाबी रूपले प्रस्तुत भए पछी जनकपुर जेसीज का शाखा अध्यक्ष ले पुर्व अध्यक्षको अवरोध र जनकपुर जेसीज का सदस्य र पूर्व अध्यक्ष बीच हुने टकराव लाई हेर्दै अध्यक्ष साह बाहिर आएका थिए । अध्यक्ष सँगै जनकपुर जेसीजका पुर्व अध्यक्ष बाहेक सम्पूर्ण सदस्यहरु अध्यक्षसँगै बहिरिएका थिए ।

पछि सम्पूर्ण सदस्यहरुले जनकपुर जेसीजका यी पूर्व अध्यक्षबिरुद्ध खनिएका थिए । जसरी पनि साधारण सभा हुनुपर्छ र यस्तो गतिविधि बिरुद्ध कड़ा निर्णय लिनु पर्छ भन्दै शाखा अध्यक्षलाई दबाब दिएपछि अध्यक्षले डिएन पार्टी पैलेसमा साधारण सभा बोलाएर दुई जनालाई निलम्बन गरेका छन् ।

साथै साधारण सभाले संस्थाको नाममा भएको अनियमितता छानबिनका लागि एक समिति बनाएको अध्यक्ष साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]