१९ पुष २०८२, आइतबार
04-01-2026 , Sun
×

अनुगमन टोली पुग्दा व्यवासायी पसल बन्द गरी फरार

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१४ साउन।
धनुषाको शहीदनगर नगरपालिकामा अनुमगनको लागि अनुगमन टोली पुग्दा व्यवासायी पसल बन्द गरी फरार भएका छन् ।

यदुकुहामा शुक्रवार हुने भनिएको बजार अनुगमनको सूचना बाहिरिएपछि व्यवसायीहरु फरार भएका कारण अनुगमन समिति रित्तो हात फर्केको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा यदुकुहामा अनुगमन टोली पुग्नु भन्दा पहिला साना देखि ठूला पुरै बजार सुनसान देखेपछि अनुगमन टोली छक्क परेका थिए । अनुगमन टोली संयोजक समेत रहेका जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रशासकीय प्रमुख किरण कुमार मिश्रका अनुसार अनुगमन टोली पुग्नु भन्दा पहिला नै व्यापारी तथा व्यवसायीहरु आ आफना सटर झारेर फरार भएका थिए । बजार अनुगमनको क्रममा हुन सक्ने विवादका घटनालाई ध्यानमा राखेर अनुगमनमा जानु भन्दा करिव १ घण्टा पहिला नै इलाका प्रहरी कार्यालय, यदुकुहामा शान्ति सुरक्षाको व्यवस्था गर्न जानकारी गराइएको थियो । अनुगमन टोली संयोजक मिश्रले भने–अनुगमन सम्बन्धी गोप्य जानकारी प्रहरीबाट लिक भएको हुन सक्छ । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी समक्ष छलफल गरिने उनले बताए । अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका प्रमुख देवेन्द्र कुमार झाले बजार अनुगमन सम्बन्धी गोप्य सूचना लिक गरेर अनुगमन समितिलाई असहयोग गर्नु निन्दनीय भएको उल्लेख गरे । ‘बजार अनुगमनमा प्रहरी प्रशासनको पनि महत्वपूर्ण सहयोग आवश्यक छ ।घरेलु कार्यालय प्रमुख झाले भने–यस सम्बन्धमा छानबिन गरी असहयोग गर्ने माथि कारवाही हुनुपर्छ,’उनले भने । इलाका प्रहरी कार्यालय, यदुकुहाका एक जना प्रहरीले अनुगमन टोली आउनु भन्दा पहिला सम्पूर्ण व्यापारी तथा व्यवसायीहरुलाई अनुगमन सम्बन्धी जानकारी गराएको उल्लेख गरे ।

मोटरसाइकल चढेर आएका एक जना प्रहरीले केही व्यापारी तथा व्यवासायहरुलाई बजार अनुगमन सम्बन्धी जानकारी गराएको थियो उनले भने–केही समय पछि त सम्पूर्ण पसलहरु धमाधम बन्द हुन थाल्यो । इलाका प्रहरी कार्यालय, यदुकुहाबाट अनुगमनमा सहभागी प्रहरीले आरोपलाई अस्वीकार गरेको छ । यता घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका अधिकृत नागेन्द्र प्रसाद साहले अनुगमन टोलीलाई देखेर भाग्नु पर्ने आवश्यकता नरहेको बताए । बजार अनुगमन व्यापारी तथा व्यवसायहीहरुकै हितको लागि गर्ने गरिएको छ, उनले भने–अनुगमनको क्रममा व्यवासय दर्ताबाट हुने फाईदा, दर्ता प्रक्रिया, नवीकरण, भ्याट बिल, राजस्व लगायतको सम्बन्धमा जानकारी गराउने गरिएकाले सटर झारेर झाग्नुको कुनै अर्थ छैन । यदुकुहाको सम्पुर्ण व्यापारी तथा व्यवसायीहरु सटर बन्द गरेर फरार भएपनि तत्काल संचालनमै रहेको बाबा आईसक्रिम बेकरी तथा डेरी उद्योग, यदुकुहा लाईन होटल र स्टार होटलमा अनुगमन गरी देखिएका कमीकमजोरीहरुलाई तत्कालै सुधार गर्न निर्देशन दिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले जनाए । जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा गएको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका साथै खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर उद्योग वाणिज्य संघ, स्थानिय प्रहरी, संचारकर्मी लगायतको सहभागिता थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]