११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

नेकपा एमालेका नेता कमल देव यादवले धनुषा निर्वाचन क्षेत्र नं. २ (क)बाट चुनाव लड्ने पक्का

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ श्रावण । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश सांसदमा नेकपा एमालेका नेता कमल देव यादवले पनि चुनाव लड्ने भएको छ।

नेता यादवले न्यूजमधेशसंग कुरा गर्दै उनले भने,’धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट आफुले उम्मेदवारी दिने बताएको छ ।

पुर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका यादवले आगामी संसदीय चुनावमा प्रदेश सांसदको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य समेत रहेका कमलदेव यादव धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मलहनिया स्थायी निवासी हुन् ।

२०४५ सालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका ५२ बर्षिय यादव विद्यार्थी कालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन् । उनी २०५४ सालमा स्थानीय तहको चुनावमा एमाले पार्टीबाटै गाविस उपाध्यक्षका उम्मेदवार थिए ।

२०६४ सालदेखि २०७८ सालसम्म एमालेको धनुषा जिल्ला कमिटि सदस्य रहँदै आएका कमलदेव यादवले नेकपा एकिकरणको बेला उनी केन्द्रीय सदस्य भएका थिए ।

जनकनन्दिनी गाउँपालिका, कमला नगरपालिकामा एमालेको मध्यम पक्कड छ । यी दुई पालिकामा एमालेको स्थानीय तहको मत हेर्दा मध्यम पक्कड मानिएको छ भने शहिदनगर नगरपालिकामा अलिक कमजोर मानिएको छ ।

विदेह नगरपालिकामा एमालेको बलियो पक्कड रहेको छ । यादवले प्रदेश सांसदको लागि पहिलेदेखि नै तयारी गरिरहेको एक नेताले बताए।उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका पालिकाहरुमा आफ्ना समर्थकहरुसंग भेटघाटसहित विभिन्न कार्यक्रमहरु गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]