१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

वडा सदस्यका छोरा घुससहित रंगेहात पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिका वडा नं.८ का वडा सदस्य कारी साहको छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ६० हजार घुससहित पक्राउ परेका छन।

सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य साहका छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई नियनत्रणमा लिइएको हो ।

उनलाइ जनकपुर वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै पक्राउ गरेको अख्तियारले जनाएको छ । सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाइ लिन पठाएको रहस्य समेत खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]