२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

न्युजमधेस डेस्क
धनुषा।
धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।

चालक धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० का मुकेश कापरको मृत्यू भएको हो ।

मुकेशको साथै पछाडी कमला नगरपालिका वडा नं. ४ साघारा बस्ने बर्ष २९ का विनोद साह पनि घाइते भएका छन ।

शनिबार बेलुकी करिब ८ः३० बजेको सबैला नगरपालिका वडा नं. १० स्थित यदुकूहा–बीरेन्द्रबजार सडकखण्डमा सवारी दुर्घटना भएको सबैला प्रहरीले बताएको हो ।

सबैला तर्फ जाँदै गरेको लु ७१ प ३६२३ नम्बरको मोटरसाईकल शहिदनगर नगरपालिका वडा नं. ४ हौवाहीस्थित रहेको हाथी पेट्रोल पम्पदेखि करिब ३०० मिटर उत्तर तर्फ सबैला नगरपालिका वडा नं. १० पर्ने सो सडकमा मोटरसाईकल दुर्घटना भएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।