१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

अर्थमन्त्री शर्माले लिए शपथ

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ श्रावण। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छन् ।

आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो ।

करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मालाई संसदीय छानविन समितिले क्लिन चिट दिएसँगै उनी अर्थमन्त्रीको रुपमा फर्किएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीमा फर्काउने इच्छा देखााएपछि शर्मा अर्थमन्त्रीको रुपमा फर्किएका हुन् ।

संसदीय विशेष छानविन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। शर्मालाई अर्थमन्त्री बनाउने देउवाले चाहना राखेपछि उनले मन्त्री क्वार्टडसमेत छोडेका थिएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]