१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

सप्तरीमा आत्महत्या गर्नेको संख्यामा बृद्धि

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

  • ललिता साह

सप्तरी ,१५ श्रावण। सप्तरीमा वर्षैपिच्छे आत्महत्या गर्नेहरूको संख्या बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार वर्षेनी आत्महत्या गर्नेहरूको संख्या बृद्धि भएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै पनि आत्महत्या गर्नेको संख्या झण्डै ४२ जना थपिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ की सामूहिक बलत्कारको पीडा खेप्न नसकेकी संगीता मण्डलले आत्महत्या रोजिन् । यो वर्षमा मात्रै पारिवारिक कलहका कारण राजविराज–२ की दुई वटा बच्चाकी आमा ज्योति साफीले कार्यालयभित्रै आत्महत्या गरेकी थिइन् ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन् । यस्ता थुप्रै कारणहरुले पछिल्ला दिनहरुमा जिल्लामा किशोर–किशोरी तथा युवाहरुमा आत्महत्या गर्ने क्रम बढेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ब्रजेश कुमार झा बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा ५७ जना महिला, ६४ जना पुरुष र ३० जना बालबालिका गरी सप्तरीमा एक सय ५१ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांकले देखाएको छ ।

पोष्टमार्टमको रिर्पोट अनुसार सबैभन्दा बढी एक सय चार जनाले झुण्डिएर तथा ४७ जनाले विष सेवन गरी आत्महत्या गरेका गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ६४ झुण्डिएर ३० जनाले विषादी सेवन गरेर जम्मा ९४ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै २०७७/७८ मा ६७ झुण्डिएर र ४२ जनाले विष सेवनले गरी जम्मा एक सय नौ जनाले आत्महत्या गरेका थिए । गत आर्थिक वर्षमा आत्महत्या गर्नेको दर बढेर झण्डै एक ५१ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरी मुद्दा शाखाका इन्चार्ज इन्सपेक्टर राजीव गिरीले बताए ।

आत्महत्या गर्ने क्रम बढेसँगै यहाँको सहरी र ग्रामीण भेगमा आत्महत्या गर्नेको दर उस्तै–उस्तै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेको बुझाइ रहेको छ ।

प्रवक्ता काफ्लेका अनुसार पछिल्लो समय जिल्लामा बढ्दो आत्महत्याको विभिन्न कारणमध्ये अचानक हुने कुनै बेइजती, पारिवारिक कलह, प्रविधिको दुरुपयोग, सामाजिक सञ्जालको दुरुपयोग, परीक्षाको नतिजा, प्रेममा बिछोड, सम्बन्ध विच्छेद, रक्सी तथा अन्य लागूपदार्थको लत, यौनदूब्र्यवहार, महिला हिंसा, बलात्कार, दीर्घरोगीहरुमा नाकारात्मक तनाव, एक्लोपन, दाईजो प्रथा, अन्धविश्वास, जातीय छुवाछुत, मानसिक रोगी, जटिल स्वास्थ्यसम्बन्धी समस्या रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]