२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

जनकपुरधाममा झुलन महोत्सव सुरु

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१६ साउन।
जनकपुरधाममा आइतबारदेखि झुलन महोत्सव सुरु भएको छ ।

१३ दिनसम्म चल्ने महोत्सव जानकी मन्दिर सहित अधिकांश मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा राखेर झुलाउने गरिन्छ । उत्सव मनाउन जानकी मन्दिर लगायत अधिकांश मन्दिरलाई विशेष रुपले सजाइएको छ । प्रत्येक वर्ष साउन महिनामा जनकपुरमा यो उत्सव हुने गरेको छ । जनकपुरधामलाई मन्दिर र पोखरीको सहर भनिन्छ । यहाँ ५२ कुटी र ७२ कुण्ड पौराणिक इतिहास बोकेको छ । झुलनोत्सवको प्रारम्भ पहिलोचोटी भगवान राम जानकीले त्रेता युगमा सुरु गरेका विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । जनकपुरधामको हरेक मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा केही घण्टाका लागि बसाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको शुभ विवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरुप दिएको सुनचाँदी तथा मणिको भारले अयोध्यामा पहाडनै बनेको थियो । सीताको सामु पहाडको महत्व नरहेको भन्दै सो समान लिन राजा दशरथले अस्वीकार गरेका थिए । जसलाई नगरको बाहिर राखेको थियो । दशरथको व्यवहारले जनक दुःखी नहुन् भनेर मणि पर्वतमा राम सीताले उत्सव गरेका थिए । त्यसैको सम्झनामा मिथिला र अयोध्यामा यो उत्सव हुने गरेको जानकारहरु बताउँछन् ।

झुलनोत्सवका लागि जानकी मन्दिरसहित जनकपुरको अधिकांश मन्दिरमा विशेष झुला प्रत्येक वर्ष बनाउने परम्परा रहेको छ । झुलाउने क्रममा विभिन्न भजनकीर्तन गरिन्छ । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता मूर्ति राखी झुलाउने परम्परा रहेको छ । मिथिला क्षेत्रमा कृषि रोपाइ सकिने वित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ । प्रत्येक मठ मन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने भजन कीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन रहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]