२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

बोलबमका यात्रु बोकेको दुईवटा ट्रयाक्टर दुर्घटना हुँदा १७ जना घाइते

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

न्युजमधेस डेस्क
महोत्तरी,१७ साउन।
महोत्तरीमा बोलबमका यात्रु बोकेको दुईवटा ट्रयाक्टर छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब सवा १ बजे महोत्तरीको बर्दिबास नगरपालिका–५ ढुंगेस्थित बोलबम यात्रु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन् । यस्तै, दिउँसो करिब साढे ३ बजे बर्दिवास ३ पाटुस्थित बोलबम यात्रु बोकेको ना ३ त २०१७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ७९१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १५ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रयाक्टर चालकद्वय फरार भएकाले उनीहरूको खोजी भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]