२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सप्तकोसीमा पानीको बहाव उच्च, बाढी बस्तीतर्फ लगेपछि बस्तीमा खतरा

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१७ श्रावण।
उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पाइन्टबाट सप्तकोसीको बाढी बस्तीतर्फ पस्न लागेको छ । निरन्तरको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले कटान गर्दै लगेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो ।

२०४५ सालमा कटान गरेकै स्थानबाट कोसीले कटान गर्न थालेपछि थप जोखिम बढेको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले कोसी अनलाइनसँग भने, ‘कटान रोक्न हरेक प्रयास गरेपनि कटान रोकिएको छैन । अब तीन मिटर कटान हुन बाँकी छ । तीन मिटर कटान भएमा बाढी बस्तीमा पस्छ । कटान रोक्न अहिलेपनि प्रयास गरिरहेका छौँ ।’

५ वटा जेसिभी, २ वटा एस्काभेटर र ५० वटा ट्याक्टरले अहिले कटान भइरहेको स्थानमा काम गरिरहेको उनले बताए । प्रभावित हुने बस्तीलाई सुरक्षित ठाउँमा सार्नका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘स्थानियलाई पनि पूर्वतयारीमा रहन भनेका छौँ । हामीले सबैतिर सुचना पनि गरिसकेका छौँ । टेन्टदेखि लिएर खाद्यान्नको विषयमा पनि कुरा गरिसकेका छौँ । अहिले पनि बाढी पस्न नदिन काम गरिरहेका छौँ ।’ यता उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले कोसीले उक्त स्थानमा धेरै कटान गरिसकेको बताए ।

उनले कोसी अनलाइनसँग भने, ‘कटान केही अगाडीबाट नै गर्दै आएको थियो । अहिले पानीको बहाव पनि बढेका कारणले जोखिम बढेको छ ।’ रोकथामका लागि स्थानिय निकाय, सुरक्षा निकाय सबै लागिपर्नु भएको छ, उनले भने, ‘पानीको बहाव बढेको हुनाले समस्या भएको छ । जोखिमलाई मध्यनजर गरेर सचेत हुन सबैलाई आग्रह गरेका छौँ ।’ नदी पुरानो धारमा फर्किने सम्भावना देखिएको उनले बताए ।

बाँकी तीन मिटर क्षेत्र कटान भएमा बाढीबाट सुनसरीको सिसौलीघाट, उदयपुरको धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगर लगायतका स्थानीय प्रभावित हुनेछन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]