१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

कार्यालयमै अधिकृत साह, श्रीमती संगै नांचगान गर्दै टिकटकमा मस्त

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९

न्युजमधेस डेस्क

रौतहट,१८ साउन।

रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको फोटो बाहिर आएको छ।

नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो।

मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएको छ।

केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएकी थिइन्।

नगरपालिकाको प्रतिष्ठा र आफ्नो मर्यादालाई खिल्ली उडाउँदै नि. प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त बन्न थालेको फोटो बाहिर आएको छ।

साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उनले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको बुझिन्छ।

केही दिन अगाडि उनको श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ। हाल यो भिडियो उनको श्रीमतीकी प्रोफाइलबाट डिलिट गरिएको हो ।

व्यक्तिगत जीवनमा रमाइलो गर्नु राम्रो हो तर जिम्मेवारी बहन गरिरहेको समय र सरकारी कार्य कक्षमा आफ्नै श्रीमतीसँग रमाए पनि खेद जनक रहेको भन्दै समाजिक सँजालमा आलोचना गरिएको छ ।

पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् ।

केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]