०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

महोत्तरीमा ट्रक र मोटरसाईकल ठोक्किएर चालकको मृत्यु, एक गम्भीर

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९

न्युजमधेस डेस्क
महोत्तरी,१८ साउन। जिल्लाको गौशाला नगरपालिका – ४ सुर्तिविकास नजिक ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर ४ रजखोर बस्ने दिलिप सहनी रहेको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका वडा नम्बर ४ सुर्तिविकास नजिक आज(बुधबार) बिहान करिव ८ बजेको समयमा सुर्तिविकासमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक सहनीको टाउकोमा घम्भिर चोट लागि घाइते भएको थियो । घाइते सहनी लाई उपचारका लागि जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सुर्तिविकास नजिक रहेको एप्पल एकेडेमी बोडिंग स्कुलमा सहनी आफ्नो बच्चालाई पुर्याउन गइरहेको क्रममा सुर्तिबिकास नजिक बाटोमा रहेको गोलचक्कर नजिक माईस्थानबाट गौशाला तर्फ जादै गरेका ना.४ ख. ३३३९ नम्बरको छड लोड भएको ट्रकले सहनीको अन टेस्ट डिस्कोभर मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् ।

सहनीको मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]