०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

महोत्तरीमा ट्रक र मोटरसाईकल ठोक्किएर चालकको मृत्यु, एक गम्भीर

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९

न्युजमधेस डेस्क
महोत्तरी,१८ साउन। जिल्लाको गौशाला नगरपालिका – ४ सुर्तिविकास नजिक ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर ४ रजखोर बस्ने दिलिप सहनी रहेको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका वडा नम्बर ४ सुर्तिविकास नजिक आज(बुधबार) बिहान करिव ८ बजेको समयमा सुर्तिविकासमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक सहनीको टाउकोमा घम्भिर चोट लागि घाइते भएको थियो । घाइते सहनी लाई उपचारका लागि जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सुर्तिविकास नजिक रहेको एप्पल एकेडेमी बोडिंग स्कुलमा सहनी आफ्नो बच्चालाई पुर्याउन गइरहेको क्रममा सुर्तिबिकास नजिक बाटोमा रहेको गोलचक्कर नजिक माईस्थानबाट गौशाला तर्फ जादै गरेका ना.४ ख. ३३३९ नम्बरको छड लोड भएको ट्रकले सहनीको अन टेस्ट डिस्कोभर मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् ।

सहनीको मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]