०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जनकपुर रेल्वे: मुआब्जा विवाद चर्कियो

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१९ साउन। नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । ट्र्याकका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ठगी गरेको भन्दै रेल्वे पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि रेल्वे कम्पनीले दस लाख रुपैयाँमात्रै दिएर ठगी गरेको आरोप लगाएका हुन् । रेल्वे पीडित संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर थापाले मुआब्जाको दररेट निर्धारण गर्नेबेलामा बर्दिबासस्थित मुसहर बस्ती जाने बाटो र खोल्सी पैनी बीचको जग्गालाई अधिग्रहण गर्ने क्रममा विभागले १५ लाख रुपैयाँ निर्धारण गरे पनि १० लाख रुपैयाँमात्र दिएको आरोप लगाए ।

उनले नापनक्सामा सो पैनी रहेको स्थलभन्दा करिब ५ सय मिटर अघिलाई नै विभागले मान्यता दिएपछि यस्तो अवस्था उत्पन्न भएको बताए । उनले सो प्राविधिक समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको र विभागलाई समयमै जानकारी गराउँदा पनि बेवास्ता गरेकाले विरोधस्वरुप आन्दोलन गर्नुपरेको बताए । अध्यक्ष थापाले सो खोल्सी पैनीबारे छानबिन गर्नसमेत माग गरेका छन् ।

यता विभागका साइट इन्जिनियर विनोद ओझाले भएको गल्तीलाई सच्याइने आश्वासन दिएका छन् । उनले सरकारले निर्धारण गरेको मुआब्जा वितरणमा भएको प्राविधिक त्रुटी सच्याएर बाँकी बक्यौताका लागि आफूहरुले पहल गर्ने बताए ।

आन्दोलनमा संलग्न निरज अधिकारीले सरकारले निर्धारण गरेको रकम अनुसार आफूहरुले किन मुआब्जा पाउन सकेनौँ भन्ने सवालको छानबिनका लागि रेल्वे विभागसँग माग गरेको बताए । उनले विभागले गरेको प्राविधिक त्रुटीका कारण सरकारले निर्धारण गरेको मुआब्जाभन्दा कम पाएकाले सोको छानबिन हुनुपर्ने जिकिर गरे ।

संघर्ष समितिले रेल्वे विभागले गरेको प्राविधिक त्रुटीका कारण समस्या उत्पन्न भएको तर सोको समाधानका लागि बेवास्ता गरेका कारण महाप्रबन्धक निरञ्जन झाको राजीनामा समेत माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]