१३ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
×

आमा र पाँच महिने बच्चाको हत्या गरिएको आरोप

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२० साउन। ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या गरिएको आरोप लगाइएको छ ।

बारा जिल्लाको पचरौता न.पा– ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनम साहलाई विगत ५ वर्ष अघि सामाजिक परम्परा अनुसार रौतहटको मौलापुर न.पा.– ७ टोल संगैयाका सियाराम साहका छोरा रवीन्द्र साहसंग विवाह भएको थियो । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा बिहीबार पत्रकार सम्मेलनमा मृतक पुनम २ वर्ष अधि गर्भवती भएकी वेला श्रीमान पक्षले अल्ट्रासाउण्ड गराई, गर्भमा रहेको बच्चा छोरी भएको जानकारी हुनासाथ मृतकलाई डरत्रास, धम्कीदिइ सो गर्भ पतन गर्न लगाएको थियो तर त्यस बेला पनि मृतक साहले आप्mनो गर्भमा रहेको बच्चा पतन गर्न नमाने पनि ससुराली पक्षहरुले जवर्जस्तीमा गराएको पीडितले बताएका छन् । हाल दोश्रो पल्ट गर्भवती भएको बिषय खुशी हुदै आफनो श्रीमानलाई पुनमले बताए त्यसपछि पुनमको गर्भ भित्र के छ भनेर अल्ट्रासाउण्ड गराउन लगेपछि छोरी भएको थाहा पाई ससुरा पक्षले गर्भ तुहाउन दबाब दिन थाले तर पुनमले इन्कार गरे पछि ससुरा, सास र श्रीमान तथा घरको अन्य सदस्यहरुले लछार पछाड़ गरी सामूहिक हत्या गरी पछि पासो लगाई झुन्डयाइ दिएका थिए ।

यही साउन १५ गतेका दिन बिहान लगभग ८ देखि १० बजे भित्रमा हत्या गरी हामी माईती पक्षलाई राति ८ बजे १० घण्टाको अन्तरालमा जानकारी आए पश्चात हेर्न जादा बहिनी पुनम समक्ष हामीलाई प्रहरी र ससुरा पक्षका व्यक्तिहरुले पुग्न दिएन । मेरो बहिनीको झुन्डिएको अवस्था बनाई हामीलाई शवलाई पोष्टमार्टम गरेको समेत हेर्न दिएन भनि मृतकका दाई पन्नालाल साहले पत्रकार सम्मेलनमा बताए । बहिनीलाई हत्या गरिएको ४ दिन वित्न लाग्दा पनि न्यायका लागि हामीले जिल्ला प्रहरी कार्यालय गौरको रौतहटमा धाउदा पनि न्याय नपाएको अवस्था नदेखिएको हुदा पीडित पक्षले गुनासो व्यक्त गरेका छन । मृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टि हँुदाहँुदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुँच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा लिएर जाँदा कुनै प्रकारको सुनुवाई नभएको मृतकको दाई साहले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]