२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

डाक्नेश्वरी नगरपालिकाकि उपप्रमुख यादवले किर्ते गरेर नागरिकता लिएको भन्दै जिप्रकामा उजुरी दर्ता

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० श्रावण । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको र उपप्रमुखमा समेत निर्वाचित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ ।

मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी भएको उजुरीमा उल्लेख छ ।

मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर-३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको उजुरीमा भनिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

नेपाली नागरिकताको प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्ध गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाहीसमेत माग गरिएको उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ । तर उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।

उजुरी प्राप्त भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । ‘उजुरी आएको छ, हामी आवश्यक छानबिन गरेर निष्कर्षमा पुग्छौं’ गौतमले भने । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवार बनेकी मीरा ६ हजार १९७ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

मीरा कुमारीले आफूविरुद्ध झुटो आरोप लगाएकाे दाबी गरेकी छिन् । उनले भनिन्, ‘मेरो घर यहीँ डाक्नेश्वरीमा हो । हनुमाननगर कंकालिनीको मधवापुरमा माइती हो, भारतीय नागरिकता भएको उजुरी कसरी गरे मलाई थाहा छैन ।’

चुनाव जितेदेखि नै विपक्षीहरूले आफूलाई खेद्न थालेको र त्यही क्रममा यो उजुरी आएको हुन सक्ने उनको भनाइ छ । सत्य कुरा छानबिन पछि बाहिर आउने भन्दै उनले छानबिनमा आफूले पनि सहयोग गर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]