१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

धनुषामा बलात्कार घटना मिलाउन खोज्दा inspector झपारे-पछि, जनप्रतिनिधि टाप

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९

 

 

धनुषामा बलात्कार घटना मिलाउन खोज्दा inspector झपारे-पछि, जनप्रतिनिधि टाप
न्युजमधेस डेस्क
धनुषा(यदुकुहा),२२ साउन। धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेपछि केही जनप्रतिनीधिहरु घटना मिलाउन दबाब सृजना गरेको खुलेको छ ।

शहिदनगर नगरपालिका वडा नम्बर ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिएपछि शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र वडा नं. ३ का वडाध्यक्ष मनोज दास दौडधुप सुरु गरेको बताइएको छ ।

शुक्रबार दिउँसो बलात्कार आरोपमा एक युवकमाथि मुद्दा समेत दर्ता भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपितलाई छुटाउन नगरपालिकाको मेयर र वडाध्यक्ष नै दौडधुप सुरु गरेको बताइएको छ ।

शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय यदूकुहामा वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले दबाब सृजना गर्न खोजेपछि यदुकूहाका ईन्सपेक्टर हरिविष्णु ढकालले दुवै जनालाई झपारेको गोप्य श्रोतले बताएको छ ।

ईन्सपेक्टर ढकालले सख्ती देखाएपछि दुवै जना निरास भएर ईलाका प्रहरीबाट निस्केका थिए । नाबालिक बलात्कार जस्तो घटनामा जनप्रतिनीधिले कारवाहीको लागि दबाब दिनुको साटो आरोपित छुटाउनको लागि दबाब दिएपछि ईन्सपेक्टर ढकालले उनीहरुलाई झपारेका थिए ।

विहिबार राती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको आरोपसहित परिवारजनले शुक्रबार नै मुद्दा दर्ता गराएको हो । सो मुद्दामा प्रक्रिया अगाडी बढाइएको छ ।

१४ बर्षिय नाबालिकसँग २२ बर्षिय युवकले सो होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले होटलमा मुचुल्का समेत गरेको छ । यद्यपी, अहिलेसम्म होटल भने सील गर्न सकेको छैनन् ।

यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना हुँदा होटल सँचालकको समेत प्रत्यक्ष सँलग्नता रहेको बुझिएको छ ।

त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएपछि पुर्वे प्रहरीको शँकाको घेरामा परेका छन् ।

यता, वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले आफूहरु यस्तो आरोपितलाई कुनै पनि हालातमा सिफारिस नगर्ने बताएका छन् । उनले आरोपित छुटाउन प्रहरीलाई दबाब दिएको जिज्ञासामा आरोपलाई ईन्कार गर्दै खण्डन गरे ।

उनले एक जनप्रतिनीधि भएर यस्ता कार्यको लागि कुनै पनि हालातमा सिफारिस नगरिएको बताए । आरोपितको अपराध साबित भए कानुन बमोजिम कारवाहीको लागि उनले आग्रह पनि गरे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]