१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

तराईमधेशमा रक्षाबन्धनको रौनक (हेर्नुस् ५ फोटो )

Logo
प्रकाशित बुधबार, साउन २९, २०७६

जनकपुरधाम । मिथिलाञ्चलसहित तराईमधेशका २० जिल्लामा अहिले प्रेम र स्नेहको पवित्र दाजुभाइ दिदिबहिनी विचको पर्व रक्षाबन्धनको रौनक छाएको छ ।

यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामना गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँधिदिने गर्छन् ।त्यसपछि दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपैया , कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् ।

यस पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाईलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् । दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाई मानेर राखी बाध्ने गर्छन् ।

सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक कथाको आधारमा यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका जानकार बताउँछन् ।

धागोले जहिले पनि एक अर्कालाई जोड्ने काम गरेकाले रक्षाबन्धन पर्व भाई बहिनीको सम्बन्धलाई जोडेर झनै प्रगाढ बनाउँने पर्व रहेकोले यस पर्वको मिथिलाञ्चलमा निकै महत्व रहेको जानकी मन्दिरका समहन्थ राम रोशन दासले बताए ।

रक्षाबन्धनको अवसरमा जताततै दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धको भाव समेटिएको गीतको गुञ्जनले पर्वलाई झनै रौनकता बढाएको हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]