१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

मधेशी गठबन्धनको लागि पहल सुरु

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं, २२ श्रावण । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ ।

मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका शक्तिहहरु एकजुट भएर चुनावमा गए मात्रै प्रदेश र संघीय सदनमा मधेशीको प्रभावकारी प्रतिनिधि हुनेछ । अन्यथा वि.सं. २०७० सालको निर्वाचनभन्दा पनि दयनीय अवस्था आउने निश्चित छ ।

महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, डा.सीके राउतको जनमत पार्टी लगायत बीच ध्रुवीकरण हुनुपर्ने आममधेशीको चाहना रहेको छ ।

संसदमा मधेशको बलियो उपस्थितिका लागि मधेशी गठबन्धनको विकल्प नरहेको मधेशमा व्यापक चर्चाको विषय बनेको छ ।

यता, लोसपा, जसपा र जनमतबीच चुनावी तालमेल वा गठबन्धनका लागि भित्रभित्रै पहलहरु भइरहेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै र सामूहिक छलफल पनि गरेका छन् ।

लोसपा र जसपाको कडा आलोचना गर्दै आएका डा.राउतले आगामी चुनावमा तालमेल आवश्यक भएको निष्कर्ष निकालेका छन् ।

सोही अनुरुप लोसपा अध्यक्ष ठाकुर र जसपा अध्यक्ष यादवसँग सामूहिक भेटघाट गरी आगामी चुनावी रणनीतिबारे छलफल भएको बताइएको छ ।

अर्कोतिर, जसपा अहिले पाँच दलीय गठबन्धनमा छ र सो गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय नै गरिसकेको छ ।

यस्तै, लोसपाले कांग्रेससँग तालमेल गर्ने योजना बनाए पनि पाँच दलीय गठबन्धनको निर्णयले एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्थाको सिर्जना हुँदैछ ।

तर, जनमतका अध्यक्ष डा.राउत मधेशी गठबन्धनका लागि जोडबल गरिरहेका छन् । उनले मधेशमा मधेशी शक्तिबीच चुनावी सहकार्य, तालमेल वा गठबन्धन हुनुपर्ने योजनामा रहेको बुझिएको छ ।

समग्र मधेशका नागरिकको भावना पनि यहीं रहेको देखिन्छ । मधेशका बारे चिन्तन गर्नेहरु सामाजिक सञ्जालदेखि चिया गफमा पनि मधेशी गठबन्धन नै एक मात्र विकल्प रहेको चर्चा गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]