०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

नागरिकता बिहिन नागरिकद्वारा पुन: मतदाता नामावली संकलन गर्न माग

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२२ श्रावण । नागरिकताविहीन संघर्ष समिति नेपालले पुन मतदाता नामवली संकलन गर्न माग गर्दे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापन पत्र बुझाउको छ ।

नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्ष ई इन्द्रजित साफी सहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको हुदाँ प्रमाणीकरण पछि लाखौ नागरिकले नागरिकता पाउने हुदाँ पुन मतदाता नामावली संकलन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा लाखौ नेपालीको मतदानको अधिकार सुनिश्चित गर्न पनि अनुरोध गरिएको छ । संघर्ष समितिले आजै नागरिकता विधेयक छिटो प्रमाणीकरण गरिदिन आग्रह गर्दे राष्ट्रपति कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]