०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

धनुषामा एक पालिकाको काम साताको दुई दिनमात्र, तपाईंको पालो कुन दिन?

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ ।

कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका सेवाग्राहीलाई साताको दुई दिनमात्र सेवा दिने सूचनामा उल्लेख गरिएको छ ।

प्रत्येक सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना गरी सेवा लिन अनुरोध गरिएको छ । कार्यालयमा प्रवेश गर्दा समाजिक दूरी र मास्क अनिवार्य गरिएको छ । शहीदनगर नगरपालिका,गणेशमान चारनाथ, मिथिला विहारी, लक्ष्मीनियाँ गाउँपालिका र धनौजी गाउँपालिकालाई आइतबार र सोमबार सेवा दिने सूचनामा जनाइएको छ ।

यस्तै, मिथिला नगरपालिका, सबैला, हंसपुर, धनुषाधाम कमला र जनकनन्दनी गाउँपालिकाका सेवाग्राहीले मंगलबार र बुधबार सेवा पाउने छन् ।

यस्तै मुखियापट्टी मुसरनिया गाउँपालिका, औरही, क्षीरेश्वरनाथ नगरपालिका, विदेश नगरपालिका, बटेश्वर गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाका सेवाग्राहीले बिहीबार र शुक्रबार सेवा पाउने सूचनामार्फत जनाइएको छ । अर्को व्यवस्था नभएसम्म यसरी नै सेवा प्रवाह हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]