२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

सबैलामा विद्यालयको समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

न्युजमधेस, डेस्क
धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ ।

सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ ।

एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै छिमेकी ५० बर्षिय बिन्देश्वर सहनी, उनका छोरा श्रवण सहनी, सरोज सहनी र सोलिन्दर सहनी लगायतले ईन्द्रजीतलाई निर्घात कुटपिट गरेको हो ।

नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने बिन्देश्वरका परिवारले पार्टीगत हिसाबले ईन्द्रजीतमाथि आक्रमण गरेको बताईएको छ । ३२ बर्षिय ईन्द्रजीत सहनी विद्यालय व्यवस्थापन समिति चुनावी प्रक्रियामा गएपछि घर फर्किदै गर्दा उनलाई स्थानीय पुरुषोत्तम र रजिन्द्रको घरको बीचमा घेरा हालेर कुटपिट गरेको आरोप लगाइएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनको लागि बोलाइएको अभिभावक भेलामा इन्द्रजीतका भाई भनिने ईन्दल सहनी र बिन्देश्वर सहनीका छोरा सुलिन्दर सहनीसँग समान्य धक्कामुक्की भएको थियो ।

त्यतिबेला प्रहरीले दुवै जनालाई सम्झाई बुझाई गरी घर पठाएको थियो । अभिभावक भेलाबाट समितिको लागि चुनावी प्रक्रिया गएपछि उनी घर फर्किदै गर्दा पुनः घेरा हालेर सबै जना मिली कुटपिट गरेको आरोप लगाएका छन् ।

कुटपिटपछि घाईते भएका ईन्द्रजीत जनकपुरधामस्थित रामजानकी हस्पिटलमा उपचाररत रहेका छन् । उनको उपचार अस्पतालमा जारी रहेको छ ।

यता, ईलाका प्रहरी कार्यालय सबैलाले आरोपित श्रवण सहनीलाई पक्राउ गरी केही बेरमा छाडिदिएका छन् । पीडित पक्ष अस्पतालमा उपचाररत रहँदा नै प्रहरीले राजनीतिक दबाबमा श्रवणलाई छाडिदिएको आरोप लगाएका छन् ।(न्युज ब्युरो बाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]