२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

काम नहुँदै लाखौँ भुक्तानी : आधार ‘विश्वास’, पर्दा पछाडि कमिसनको आस !

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ श्रावण । मधेस प्रदेश सरकारले काम नहुँदै भुक्तानी दिएको पाइएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले तीन वटा फार्मलाई काम नहुँदै भुक्तानी दिएको हो ।

निर्देशनालयले महोत्तरीको भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साह सञ्चालक रहेको द्वारिका गाई फार्म, धनुषाको लक्षमीनियाँ गाउँपालिकाको हाइवे पशुपालन फार्म र मिथिला विहारी नगरपालिका ठेरास्थित विषणुदेव झा सञ्चालक रहेको अगार्निक फार्मलाई काम नहुँदै दश/दश लाख भुक्तानी दिएको हो ।

आर्थिक वर्ष ०७८/७९ मा गाई गौशाला तथा ठूला व्यवसायिक पशु फार्महरूमा प्राङ्गारिक मल तथा गड्यौले मल उत्पादनमा अनुदान सहयोग कार्यक्रमका लागि धनुषाको दुई र महोत्तरीको एक फार्मलाई दश/दश लाख अनुदान दिएको थियो । सर्लाहीको एक फार्मले सम्झौता गरेपनि काम गरेनन् ।

रामजतन साह सञ्चालक रहेको फार्मलाई भुक्तानी दिइसकेपनि अहिलेसम्म मात्र ५० प्रतिशत काम भएको छ । आर्थिक वर्ष सकिएको एक महिना बित्नै लाग्दासमेत काम सम्पन्न भएको छैन ।

फार्मका सञ्चालक साहले काम पूरा नभएको स्वीकार गरे । यद्यपि, एक हप्ताभित्र काम पूरा भइसक्ने उनले बताए ।

कर्मचारीकै आलटालको कारण काम पूरा नभएको उनको भनाइ छ । “धेरै कुरा छ, सबै कुरा फोनमा भन्न सकिन्न । भेट भएको बेला भन्नुपर्ने कुरा छ,” उनले भने, “म बरु सरकारको पैसा सरकारलाई नै फिर्ता गर्दिन्छु तर त्यस्तो कहिले गर्दिन ।” अप्रत्यक्ष रूपमा उनले कर्मचारीहरूले कमिसन माग गरेकोतर्फ संकेत गरे ।

कार्यालय निर्देशक जागेश्वर यादवले फार्म सञ्चालकको प्रतिबद्धताको अधारमा भुक्तानी दिएको बताए । “काम गर्ने प्रतिबद्धता गरेको छ । काम गर्नैपर्छ,” उनले भने, “फेरि एक पटक ताकेता गर्छु, काम छिटो सक्न, भएन भने अर्को उपाय लगाउनु पर्छ ।”
कार्यालयका अधिकृत रञ्जितकुमार अधिकारीले विश्वासको अधारमा भुक्तानी दिइएको बताए । काम पूरा नगरे असुल उपर गरिने उनको जिकिर छ । “भुक्तानी भइसकेपनि काम गरेको छैन भने असुल उपर हुन्छ,” उनले भने, “आर्थिक वर्षको अन्तिममा आएर काम गर्ने प्रक्रिया अगाडि बढाउँदा काम हुन सकेको छैन ।”

तर, स्रोतकाअनुसार कार्यालयका कर्मचारीले हाकाहाकी ५० प्रतिशत कमिसन मागेकाले फार्म सञ्चालकहरूले काम अगाडि बढाएका छैनन् ।

निर्देशक यादव र अधिकृत रञ्जित भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साहले सञ्चालक गरेको द्वारिका गाई फार्ममा दुई पटक कमिसन रकम लिन पुगेका बताइएको छ । तर, साह भने कर्मचारीहरू आउने खबर पाएपछि बाहिर छु भन्दै फर्काउने गरेका छन् ।

कमिसनको आरोपबारे अधिकृत रञ्जितले अनविज्ञता प्रकट गरे भने निर्देशक यादवले यो विषयमा अन्य कर्मचारीसँग बुझेर थप जानकारी दिने भन्दै पञ्छिए ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजयकुमार यादवले काम नहुँदै भुक्तानी भएको देखिए कर्मचारी र फार्मका सञ्चालकहरूलाई कारबाही गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]