१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

मिटरब्याजकाे सिकार बने लोहार, ३ लाख दिएर ३६ लाख असुल्ने दाउमा साहु !

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

न्यूजमधेश डेस्क
वीरगन्ज ,२४ श्रावण ।तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । १ लाख दिएर ३ लाखको तमसुक कपाली कागज बनाई सोझा साझा जनताहरुसँग ती बराबरको सम्पत्ति एवं जायजथा हड्पने होडबाजी नै चलेको छ ।

यसै अवस्थामा नेपाल सरकारले केही वर्षदेखि मिटर व्याजी पैसा दिने व्यक्तिहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाएको अवस्थामा हाल आएर यो कार्यमा केही न्यूनीकरण भएको देखिन्छ । तर तराईका जिल्लाहरुमा भने यो कार्य अझै रोकिएको छैन । बैंकले बार्षिक १० देखि १४ प्रतिशतसम्म व्याज लिएर कर्जा दिने गरेको अवस्थामा मिटरव्याजमा पैसा दिनेहरुले बार्षिक ३६ देखि ६० प्रतिशतसम्म व्याज असुल्ने गरेका छन् । त्यसमा पनि व्याजलाई एक वर्षमा साँवामा परिणत गरि पुनः त्यसको व्याज असुल्ने कार्य तिब्र रुपमा भइरहेको छ ।

यही मिटर व्याजको शिकार बनेका छन् बारा जिल्लाको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर निवासी जगनारायण ठाकुर लोहार । ठाकुरले सोही वडाको गम्हरिया निवासी जितेन्द्र प्रसाद यादव भनिने जटहा राय यादवसँग लिएको ३ लाख २५ हजार रुपैयाको मिटरव्याज ब्याज स्वरुप ३६ लाख तिर्नुपर्ने अवस्था सृजना भएको छ । यादवले ठाकुरलाई पहिलो पटक १ लाख, दोश्रो पटक १ लाख २५ हजार र तेश्रो पटक १ लाख गरि ३ लाख २५ हजार दिएर ३६ लाख माग गरि रहेका छन् ।

ठाकुरले छोरीको बिहेको प्रयोजनका लागि २०७० सालमा यादवसँग १ लाख रुपैया बार्षिक ३६ प्रतिशतले तिर्ने गरि व्याजमा लिएका थिए । त्यस पश्चात यादवले २०७१ सालमा व्याज र साँवा मिलाई १ लाख ७५ हजार बनाई ठाकुरलाई थप १ लाख २५ हजार दिई ३ लाख पुँजी बनाएर तीन गुना बढि ९ लाखको कपाली तमसुक कागज बनाएका थिए ।

त्यस पश्चात २०७४ सालमा यादवले पुनः १ लाख ५० हजार दिएर १० लाख ५० हजार साँवा भएको भन्दै ३१ लाख ५० हजारको कपाली तमसुक कागज बनाए । हाल आएर यादवले ठाकुरसँग ३६ लाख रुपैया लिनुपर्ने भन्दै माग गरि रहेका छन् । ठाकुरले यादवलाई व्याज वापत २३ लाख दिई रहेका छन् तर यादवले ३६ लाखको अडान गरि रहेका छन् । ठाकुरका छोराहरु प्रतिष्ठित व्यक्तिको जिम्मेवारीमा रहेकोले बुवालाई कसैले केही नभनोस् भनेर यादवलाई २३ लाख बुझाउन तयार छन् तर यादवले ३६ लाख नै लिने अडानमा छन् ।

यसबारे गाउँको भद्रभलादमीहरुको रोहबरमा पटक पटक छलफल पनि भएको छ तर यादवले कसैको कुरा मान्न तयार छैनन् । आफूसँग कपाली तमसुक कागज रहेको भन्दै ३६ लाख भन्दा कम रकम नलिने भन्दै आएका छन् । यो भन्दा अगाडि ठाकुरले यादवलाई मिटर व्याजी स्वरुप १० लाख ५० हजार बुझाई सकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]