०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

धनुषामा बलात्कार पछि हत्या प्रयास गरेको आरोपमा दुई जना पक्राउ, एक फरार 

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९

न्युजमधेस डेस्क
धनुषा(सबैला)। धनुषाको सबैलामा    गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनाला प्रहरीले समात्न सफल भएका छन।

पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको छ।
बलात्कार प्रकरणमा सवैला नगरपालिका ९ का अन्दाजी बर्ष ३२ को नुर मोहम्मद, ९ कै बर्ष३१ को मोलहा भनिने रामनारायण साह तथा सवैला नगरपालिका १० सिमराढिका बिजय मुखिया रहेका अन्दाजी बर्ष २३ कि पिडित महिला बबिता शर्मा (परिवर्तित नाम)ले बयान दिइन।

जिल्लाको सवैला नगरपालिका ९ कुशमाहा सतोषरको सतोषर पोखरीको पश्चिमी डिलमा आइतबार राती तीन जनाले पटकपटक बलात्कार गरेको तथा बलात्कार पछि ढुंगाले गालामाथी ज्यान मार्ने उद्देश्यले नै प्रहार गरि बेहोस भएपछी तिनै भागेको इलाका प्रहरी सवैलालाई पिडित महिलाले बताएका छन।

यसरी भएको थियो घटना:

गत आइतबार नुर मोहम्मद,रामनारायण साह र बिजय मुखियाले पिडित महिलालाइ नपाकै वडा नं १२ रघुनाथपुर बाट निजको श्रीमानले भारतबाट केही सामान पठाएको भनी सामान दिन भनी बहानामा जिल्लाकै शहिदनगर नगरपालिकाको यदुकुहाको एक होटेलमा खाना खुवाइ अबेर सांझ अन्ध्यारोपछी राम नारायन साहले आफ्नै सानो छाप्रो रहेको सतोषर पोखरीको पश्चिम डिलमा राखेको थियो।

पछि तिनै साथिले सुनसान रहेको उक्त ठाउमा बारम्बार आलोपालो गरि करणी गरेका थिए,पछि ती महिलाले प्रहरीमा जाने धाकधम्की दिदा ढुंगा प्रहार गरि बेहोस भएपछी मरिसकेको ठानी त्यहाबाट फरार भएका थिए।

घटनापछी इलाका प्रहरी सवैलाले जानकारी पाउनासाथ ती महिलालाइ शारीरिक परिक्षणको लागि प्रादेशिक अस्पताल पठाएको थियो।

अहिले ती पिडित महिला जनकपुरकै सुरक्षित आवासमा राखिएकी छिन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]