२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

प्रतिनिधि सभाको चुनाव वरिष्ठ वैज्ञानिक डा. जयकान्त राउत लड्ने

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ श्रावण ।वरिष्ठ वैज्ञानिक डा. जयकान्त राउत प्रतिनिधि सभाको चुनाव लड्ने आसन्न निर्वाचनका लागि मुलुकमा विभिन्न क्षेत्रबाट उम्मेदबारी घोषणा भईराखेको छ । समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्वतन्त्र र स्वच्छ छवि कहलिएका विज्ञहरूसमेत चुनाबी रणमैदानमा होमिन तयार देखिएका छन् ।

यस्तैगरी लामो समय कृषि अनुसन्धानमा समय विताएका विज्ञानकर्मी एवं वरिष्ठ वैज्ञानिक डा. जयकान्त राउत पनि आउँदो प्रतिनिधि सभाको चुनाव लड्नेत भएका छन् ।

तत्कालिन स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच वार्ता गराई जनमत पार्टी स्थापना गराउने प्रमुख व्यक्तिको रूपमा समेत उनलाई चिनिन्छ । विज्ञानकर्मी एवं वरिष्ठ वैज्ञानिक डा. जयकान्त राउत आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनावमा सप्तरी–१ वा ललितपुर र काठमाडौंबाट उम्मेदवारी दिने कुरा सार्वजनिक गरेका हुन् ।

डा. राउत एक जना अब्बल विज्ञानकर्मी हुन् । समसामयिक राजनीतिमासमेत रुचि राख्ने राउत नेपालमा कृषिमा आधुनिकीकरणले मात्रै मुलुकको समृद्धि भेट्ने बताउँछन् । मुलुक दलाल र पूँजिपतिहरुको हातमा फसेको विषय अर्थ डबलीसँगको एक अन्तर्वातामा समेत बताएका थिए ।

जनमत पार्टीको स्थापना र सञ्चालनमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

स्वराज आन्दोलनको क्रममा २०७१ सालमा प्रहरीले डा.राउतलाई सुन्धाराबाट पक्राऊ गरी प्रहरी हिरासत हनुमानढोकामा समेत राखेका थिए ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके. राउतलगायत अन्य स्वराजीलाई प्रहरीले पटक पटक समात्दा र महिनौंसम्म हिरासत र जेलमा राख्दा बाहिर सम्पूर्ण कानूनी व्यवस्था मिलाउने, हिरासत र जेलमा नियमित अपडेट लिने तदअनुरूप आवश्यक व्यवस्था मिलाउने, संगठनसँग समन्वय गर्ने जस्ता जिम्मेबारी बहन गरेका थिए । डा. सी. के. राउत हिरासत वा जेलमा परेपछि उनको बाहिरी कार्यकर्ता वा संगठनसँग सम्पर्क थिएन ।


पार्टीमा राउतले आवश्यक समन्वय र व्यवस्था गर्नुको साथै सम्पर्क सूत्रको रूपमा काम गरिसकेका छन् ।

विभिन्न अवस्थामा उनले आर्थिक, सामाजिक कठिनाईहरू भोगेका छन् । प्रहरीबाट पटक पटक दु्र्व्यवहारको समेत सामना गर्नुपरेको राउत बताउँछन् ।

पार्टी संगठनलाई सहयोग गर्दा डेराबाट समेत निष्कासित हुनु परेको तितो यथार्थ उनीसँग छ ।

हाल पनि डा. राउत स्वराज आन्दोलनको क्रममा होस् कि किसान आन्दोलनको क्रममा लागेका मुद्दाहरू फिर्ता लिने विषयमा नेपाल सरकारसँग पहल गर्दै आएका छन् ।

यहि आम निर्वाचनमा आवश्यकता र पार्टीको निर्णय अनुसार आफ्नो उम्मेदबारी जनमत पार्टीबाट नै रहने उनले अठोट गरेका छन् । भन्छन्, स्वच्छ र सफा मन लिएर राजनीतिमा नेतृत्व गर्दा मुलुकको समृद्धिमा सहयोग पुग्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]