०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

धमाधम उठ्न थाल्याे राजधानीको फोहोर

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२९ श्रावण। काठमाडौं महानगरपालिकाले हिजो शनिबारबाट राजधानीको फोहोर उठाउन शुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विसर्जन थालिएको हो ।

गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएका सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरू गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा शनिबार १ सय ४३ ट्रिप फोहोर ल्यान्डफिल साइटमा विसर्जन गरेको जानकारी दिनुभयो ।

स्थानीय अवरोधका कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

विभिन्न माग राखी आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राति फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपूर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपूर्ति असुल्ने जनाएपछि फोहोर व्यवस्थापन चालु भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हिजो १ सय ४३ ट्रिप व्यवस्थापन गरेका छौं, आजबाट नियमित लैजानेछौं ।

सडकमा रोकिराखेका, बाटोमा थुप्रिएको फोहोर व्यवस्थापन शुरू गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]