३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

राजविराजमा जनमत पार्टीको भेटघाट तथा प्रशिक्षण कार्यक्रम सुरु

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२९ श्रावण ।जनमत पार्टीको भेटघाट तथा प्रशिक्षण कार्यक्रम राजविराजमा सुरु भएको छ।

सप्तरीको सदमुकाम राजविराजस्थित रहेका जिल्ला समन्वय समितीको सभा हलमा जनमत पार्टी सप्तरीको आयोजनामा अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

जनमत पार्टी सप्तरीको जिल्ला इन्चार्ज ममता झाको अध्यक्षतामा भैरहेको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत रहेको छ।

सो कार्यक्रममा अगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभालाई लक्षित गरेर पार्टीका नेता कार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले दिने पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]