२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

रुपन्देहीमा गोली चल्यो, एकजना युवक घाइते

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही ,३० श्रावण । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका-१ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरी भाग्दै गरेकाहरूले ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्काभेट भएका गुरुङमाथि गोली हानेका थिए । लुटेराहरूले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताइएको छ ।

घाइतेको गुरुङ भैरहवा मेडिकल कलेजमा उपचाररत् छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]