१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

चुनावी प्रयोजनका लागि एउटै चिह्न, लक्ष्यचाहिँ अग्रगामी शक्तिहरुको ध्रुवीकरण : बाबुराम भट्टराई

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३१ श्रावण ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच छलफल भएको छ। भेटपछि प्रतिक्रिया दिँदै भट्टराईले तत्काल चुनावी प्रयोजनका लागि मात्रै एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताए।

‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै निर्वाचन चिह्न, नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसियाहथौडा लिएर संयुक्त रुपमा लड्ने हाम्रो सहमति भएको छ’, उनले भने, ‘त्यही अनुसार निर्वाचन आयोगमा आवेदन दिएका छौं। यो तत्कालका निम्ति त एउटा चुनावी प्रयोजनका निम्ति मात्रै हो।’

उनले राजनीतिक ध्रुवीकरणको लक्ष्य राखिएको बताए। ‘हाम्रो लक्ष्यचाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनका अजेन्डाहरु बाँकी छन्। त्यसलाई पूरा गर्नका निम्ति हामी सबैले एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ ढंगले नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएको हुनाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले हामीले यसलाई लिएका छौं’, उनले भने, ‘आगामी दिनमा एउटा बृहत् राजनीतिक अग्रगामी शक्तिहरुको ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन र समृद्धिको दिशामा लिएर जाने हाम्रो संकल्प छ।’

उनले सिटको विषय छलफल पछि टुंगो लगाइने बताए। ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास हो। त्यो भइसकेपछि अरु कुराहरु गौण हुन्छन् र हामी मिलाएर जान सक्छौं भन्ने हामीलाई विश्वास छ’, उनले भने।

पेरिसडाँडामा छलफलका लागि डा बाबुराम भट्टराई, महिन्द्रराय यादव र गंगा श्रेष्ठ पुगेका थिए। श्रेष्ठचाहिँ छिट्टै फर्किएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]