१६ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

जनकपुरमा दलित महिला संघ (फेडो)को संवाद कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ भाद्र । जनकपुरमा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा राखिएको संवाद कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरधामस्थित जिल्ला समन्वय समिती धनुषाको सभा हलमा दलित महिला संघ धनुषा अध्यक्ष पल्टी देवि महराको अध्यक्षतामा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा संवाद कार्यक्रम सप्पन्न भएका हुन।

उक्त कार्यक्रममा सहभागी सुनिताले भनिन् , ‘दलितको अधिकार अब मागेर होइनन् ,छिनेर लिनुपर्छ ।दलित समुदायलाई माटोको भाडोको रुपमा राजनीति दलहरुले मात्रै प्रयोग गरिरहेकी छिन् ।अब प्रयोग हुनुहुदैन ।दलित समुदायलाई एक भएर आफ्नो हक अधिकार को लागि संघर्ष गर्न जरुरी रहेकी बताइन् ।’

त्यसैगरी दलित संघर्ष समितीका अभियन्ता रामेश्वर महराले जय भिमको अभिवादन गर्दै उनले अहिलेसम्म कुनै पनि राजनीति पार्टीले दलित समुदायलाई लिडर बनाएको होइनन् ,डिलर बनाएको छ।दलित समुदायलाई बेच्ने काम गरेको छ।संविधानमा दलितको लागि लेखिएको अधिकार मात्रै लागु गराउनको लागी विभिन्न राजनीतिक दलमा लागेका दलित राजनीतिकर्मीहरुलाई आ-आफ्नो पार्टीमा आवाज उठाउन अभियन्ता महराले आग्रह गरेका हुन।

कार्यक्रममा सहभागी एक जना वक्ताले भने संघियताको बखान गर्ने मधेश प्रदेशमा समावेशीता त देखिएनन् ।उनले भने , सप्तरी ,सिरहा र धनुषा यो वटै जिल्लाको संख्या जोडियो भने १५ प्रतिशत भन्दा बढी दलितको जनसंख्या रहेको छ।तर दुर्भाग्य छ दलित समुदायको जुन राजनीतिक दलमा गरेको छ।त्यो राजनितिक दलले कति वटा दलितलाई मेयर ,उपमेयर ,अध्यक्ष ,उपाध्यक्ष र वडाधयक्षको टिकट दिएको छ।त्योपनि जान्न जरुरी छ।उनले भन्नुभयो, ‘दलित कहिलेसम्म राजनीतिक दलहरुको भोट बैंकको रुपमा रहने ।दलित समुदायलाई संघर्ष गर्न जरुरी रहेको बताए।दलित समुदायलाई अधिकार लिनको लागि शिक्षित हुनु आवश्यक रहेको छ।त्यसपछी दलितमा पर्ने सबै समुदायलाई संगठित भएर संघर्ष तर्फ अगाडि बढ्नुपर्ने उनले बताए।

सो संवाद कार्यक्रममा दलित अधिकारकर्मी ,दलित समुदायमा निर्वाचित भएका महिला सदस्य ,दलित समुदायका नेताहरु,सरोकारवाला निकायका प्रतिनिधिहरुले दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा गहिरो संवाद गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]