२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९

न्यूजमधेश डेस्क
टीकापुर ,२ भाद्र। कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढेका छन् ।

टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चा बिरामी भएपछि बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो सञ्चो भए पनि खोकी एक साताभन्दा बढी समयसम्म लागिराख्यो । बच्चासँगै बच्चाका आमा, घरका अन्य परिवारलाई पनि यस्तै समस्या भयो । “सबै परिवारलाई बिरामले च्याप्यो, सबैले सामान्य रुघाखोकी र ज्वरोको औषधि सेवन गर्याैँ, विद्यालउय जाने बच्चालाई एक साता विद्यालय पठाएनौँ’, विकले भने, ‘अहिले हामी ताजा खानकुरा, सफा उमालेको पानी खाने, गर्मी र धुलोमा नहिँड्ने जस्ता कुरामा सचेत छौँ ।’

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा आजभोलि बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका र बिरामी भएर आउनेमा परिवारका पूरै सदस्य बिरामी भएकासमेत धेरै रहेका सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाह बताउछिन्। ‘विगतका वर्ष यो सिजनमा दैनिक ३५ जनासम्म बिरामी आउनुहुन्थ्यो, यस वर्ष दैनिक ६० जनासम्म बिरामी हेरिरहेका छौँ’, शाह भन्छिन्, ‘बिरामी एकै घरका बालबच्चादेखि वृद्धसम्म बिरामी भएर आउनुभएको छ ।’

सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउछन् । “स्वास्थ्य संस्थामा विगतभन्दा दोब्बर बिरामी बढेका छन् । उपचारमा आउने सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन्’, उहाँले भन्नुभयो, ‘यस्ता बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, सामान्य ज्वरो औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन सुझाइरहेका छौँ ।’

धनसिंहपुर स्वास्थ्यचौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका धनसिंहपुर स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए। “बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्”, उनले भने ।

टीकापुर अस्पतालका डाक्टर संवाद खरेल आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरत ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र र केही स्क्रब टाइफसका लक्षण भएका र स्क्रब टाइफस देखिने बिरामी आउने गरेका बताउछन् । “बिरामी बढेका छन्, बच्चादेखि वृद्धसम्मलाई देखिएका समस्या उस्तैउस्तै छन्’, डाक्टर खरेल भन्छन्, ‘कोभिडको शङ्का पनि गर्नुपर्छ । लापर्बाही गर्न हुँदैन ।’

डाक्टर खरेल यस्ता खाले समस्या भएका बिरामीका लक्षण कोभिडसँग समेत मिल्ने खालका देखिएकाले खोप लगाइसकेका छौँ भनेर लापर्बाही नगर्न, अनिवार्य मास्क लगाउने, नआत्तिने, खानपानमा ध्यान दिन सल्लाह दिन्छन् । कोभिडको जोखिम बढेपछि कैलालीका पालिकाले अनिवार्य मास्क प्रयोग गर्न, शङ्का लागेमा कोभिड परीक्षण र उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]