२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

बृद्वाआश्रममा खाद्यान्न वितरण गर्दै सान्वी जन्मदिन मनाए

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ भाद्र।पछिल्लो समय युवा पस्ताले केही फकर किसिमले आफ्नो जन्मदिन मनाउन थालेका छ्न।

जन्मदिनमा गरिने फजुल खर्चलाई न्यूनीकरण गर्नको लागि सामाजिक कार्यमा लगाउनु सकारात्मक कार्यको त्यसैको आत्मसाथ गर्दै जनकपुरकी सान्वी भगतले १९ औं वर्ष पार गरि २० औ जन्मदिनको अवसर पारेर जानकी बृद्वाआश्रममा खाद्यान्न सामग्री वितरण गरेकी छिन् ।

उक्त आश्रममा रहेका आमाहरुको लागि ग्यास सिलिन्डर २ ,प्रेसर कुकर ,स्पेस ,चाउचाउसहित खाद्यान्न सामाग्रीहरु प्रदान गर्दै सान्वीले आश्रममा रहेका आमाहरु संगै उनकी साथीहरुले केक काटेर जन्मदिन मनाएको हो।

आश्रम रहेका एक जना आमाले बैदिक सभ्यता अनुसार जन्मदिन मनाएकोमा खुशि ब्यक्त गरे । उनले भने, ‘युवा पिडीले पनि यसरी आध्यात्मिक सोचका साथ जन्मदिन मनाउनु निकै राम्रो हो ।’

सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै सान्वीले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले आश्रम सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]