१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

रौतहटको गोनाहिमा सुबिधा सम्पन्न अस्पताल संचालनमा ल्याउने तयारी

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

न्यूजमधेश डेस्क
रौतहट,४ भाद्र। रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ ।

देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो ।

सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समृत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।

नगरका बवपन्न, गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उदेश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबीबीएस चिकित्सकले २४ घण्टा सेवा दिने गरि १५ शैयाको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।

अस्पतालमा आधुनिक उपचारका उपकरणहरु भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]