१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

रौतहटको गोनाहिमा सुबिधा सम्पन्न अस्पताल संचालनमा ल्याउने तयारी

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

न्यूजमधेश डेस्क
रौतहट,४ भाद्र। रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ ।

देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो ।

सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समृत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।

नगरका बवपन्न, गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उदेश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबीबीएस चिकित्सकले २४ घण्टा सेवा दिने गरि १५ शैयाको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।

अस्पतालमा आधुनिक उपचारका उपकरणहरु भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]