०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

धनुषामा गरिबीका कारण सदा परिवार सात वर्षदेखि प्लाष्टिकको झुपडीमा बस्न बाध्य

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

न्यूजमधेश डेस्क
ढल्केवर,४ भाद्र।धनुषाको शहीद नगरपालिका–५, पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन् । मुसहर टोलका ३५ वर्षिय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लाउनु समस्याले बिचल्लीमा परेका हुन् ।

सदाको आर्थिक अवस्था दयनीय छ । आर्थिकरुपले लाचार सदाले बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको छाप्रोमा सपरिवार बस्दै आएका छन् । प्लाष्टिकको छाप्रोमा वर्षा र शीतलहरको बेला निकै समस्या खेप्नुपर्छ । वर्षाको पानी जताततै चुहिन्छ । वर्षाको बेला बसेर समय बिताउनुपर्छ । त्यस्तै शीतलहरको समयमा बस्नै नसक्ने गरी चिसो लाग्छ, सदाले बताउनुभयो ।

‘दुइ छाक पेट भर्ने पैसा छैन । कसरी बनाउनु घर’ उहाँले दुखेसो सुनाउनुभयो । खुट्टाले अपाङ्तासमेत रहेका सदाको श्रीमती र चार छोराछोरीसहित छ जनाका परिवार छन् । श्रीमती रेणुदेवी सदा पनि सुस्तमनस्थितिकी छन् ।

सदाको एक महिनाको छोरा पनि छ । आर्थिक अवस्था नाजुक भएकै कारण दुधे बालक र छोराछोरीको राम्ररी स्याहारसमेत गर्न सकेको छैन । गाउँघरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सदाको परिवारका सदस्यले पेटभरि खान नपाएको बर्षौं भइसकेको छ । आङ छोप्न लत्ताकपडाको पनि उस्तै समस्या छ ।

मुसहर टोलको बीच वस्तीमा ऐलानी दुइ धुर जमिनमा झुपडी बनाएर बसेका सदाले मजदुरीबाट सीमित आम्दानी हुने भएकाले परिवारको आवश्कक्ता पुरा गर्न नसकेको बताउनुहुन्छ ।

सात वर्षअघिसम्म सदाको खरले छाएको र बाँसको बेरा भएको घर थियो । हुरीबतासका कारण त्यो घर भत्किएपछि पुनः नयाँ घर बनाउने सादाको हैसियत पुगेन र त्रिपालको झुपडी बनाएर बस्दै आएका छन्, छिमेकी रामदयाल माझीले बताउनुभयो ।

“झुपडीको प्लाष्टिक पनि च्यातिन लागेको छ, खानेकुरा केही छैन, लत्ताकपडा छैन, ओढ्ने–ओछ्याउने कपडासमेत नहुँदा पराल ओछ्याएर सुत्न बाध्य छन् । सदा परिवारको बडो बिजोग छ,” उहाँले भन्नुभयो ।

खान लाउन अभावकै कारण सादाको श्रीमती एक महिनाको दुधे बालक बोकेर गाउँघरमा माग्न पुग्छन् । दया हुनेले अन्नपात दिन्छन् त्यही अन्नपात ल्याएर भोक टार्छन, अर्का छिमेकी श्रीप्रसाद सदाले बताउनुभयो ।

एक महिनाअघि सादाको श्रीमती त्यहीँ झुपडीमा सुत्केरी भएकी थिइन् । त्यतिखेर छिमकी महिलाहरुले एक सातासम्म सुत्केरी र जन्मजात बच्चाको स्याहार गरेको थियो । सुत्केरी पश्चात सुत्करी र जन्मजात बच्चालाई गरिने स्वास्थ्य जाँच समेत गराएको छैन, स्कुल जाने उमेरका तीन छोराछोरीले पढ्नसमेत पाएका छैनन्, छिमेकी सदाले भन्नुभयो ।गोरखापत्र अनलाइनमा विजय साहले लेखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]