०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

नेता गिरिको निधनमा शोकमै डुबे बस्तीपुर र गोविन्दपुर

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

सुरेन्द्रकुमार कामती
सिरहा,५ भाद्र। नेपाली कांग्रेसका नेता एवं सिराहा क्षेत्र नम्बर १ का सांसद प्रदीप गिरिको निधनमा सिराहाको बस्तीपुर र गोविन्दपुर गाउँ शोकमा डुबेको छ।

आफ्ना अभिभावक नेता गुमाउँदा लहान नगरपालिका वडा नं १४ र २४ का गाउँवासी शोकमा डुबेका छन्। ‘गाउँमा सन्नाटा छाएको छ,’ गोविन्दपुरकी ७४ वर्षीया मीरादेवी ठाकुरले भनिन्, ‘हामीले मुख हेर्न पनि पाएनौँ।’

गोविन्दपुरका ७२ वर्षीय बनारसी ठाकुरले पनि आफ्ना नेताको मुख हेर्न नपाएकोमा दुःख व्यक्त गरे। गाउँमै दाहसंस्कार गर्ने नेता गिरिको चाहाना पूरा नभएकोमा पनि उनीहरू गुनासो गरेका हुन।

‘आश्रममै दाहसंस्कार गरेको भए गाउँवासीले मुख हेर्न पाउँथ्यौँ,’ स्थानीय रामकृष्ण चौधरीले भने, ‘हामीसँग कुरा हुँदा आफ्नो निधन भएमा आश्रममै दाहसंस्कार गर्नु भन्नुहुन्थ्यो। अहिले मुख हेर्न नपाउने अवस्था भयो।’

विद्यालयमा शोकसभा

बस्तीपुर माध्यमिक विद्यालयमा शोकसभा आयोजना गरिएको थियो। विद्यार्थी र शिक्षकले गिरिको निधनमा एक मिनेट मौनधारण गरेकाे विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद यादवले बताए।

नेता गिरिले सोही विद्यालयवाट ०१८ सालमा प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। नेता गिरिको शनिबार राति साढे ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]