२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

धनुषा २ मा यी पाँच नेताको चर्चा, एमालेको साथ पाउनेमा उमाशंकर ढुक्क

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

सन्तोष यादव
जनकपुरधाम ,५ भाद्र। आसन्न मंसिर ४ को आम चुनावमा धनुषा क्षेत्र नम्बर २ मा रोचक भिडन्तको सम्भावना देखिएको छ । अहिलेसम्म कसैले आधिकारिक उम्मेदवारी घोषणा नगरेपनि आकांक्षीहरू माहोल बनाउन मतदाताको घरदैलोमा देखिन थालेका छन् ।

यस क्षेत्रका बहालवाला सांसद हुन् उमाशंकर अरगरिया । २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट अरगरिया झण्डै १४ हजार मतान्तारले विजयी भएका थिए । उनले ३२ हजार ४४ मत ल्याएर जित्दा निकट प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामचन्द्र झाले १८ हजार ७१५ मत पाएका थिए ।

त्यतिबेला माओवादी र नेकपा एमाले तथा समाजवादी फोरम र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो । हाल अरगरिया महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक हुन् भने झा नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य । आसन्न निर्वाचनमा पनि दुवैजना आमनेसामने हुने लगभग निश्चित छ । दुवैजना चुनावको तयारीसमेत थालिसकेका छन् ।

अरगरिया पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका थिए । झा पनि स्थानीय विकास मन्त्री भइसकेका छन् । उनी २०५१ मा प्रतिनिधिसभा र २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । संविधानसभामा निर्वाचित भएको बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी स्थानीय विकास मन्त्री बनेका थिए ।

त्यसपछि माओवादीमा पुगेका उनी ७० र ७४ को निर्वाचनमा पराजित भए । एमालेबाट माओवादी, नयाँ शक्ति र पुनः माओवादी हुनै उनी एकीकृत समाजवादीमा पुगेका छन् । दिग्गज नेता मानिने झा पटक-पटक पार्टी परिवर्तन गर्दा सो क्षेत्रमा कमजोर बनेको विश्लेषण हुन थालेको छ । यद्यपि उनी अरगरियाको दबदबा तोडेर यो पटक पुनः चुनाव जित्ने कसरतमा छन् ।

सो क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) बाट बलराम महतोको नाम चर्चामा छ । ठेकेदारसमेत रहेका महतो रमण कन्ट्रक्सनका मालिक थिए । तर, कन्ट्रक्सन आफ्ना छोरालाई सुम्पेर स्थानीय तहको निर्वाचनमा जनकपुरधामको मेयरमा स्वतन्त्र चुनाव लडे तर पराजित भए । लगत्तै उनलाई प्रतिनिधिसभा चुनावमा टिकट दिने सर्तमा उपेन्द्र यादवले जसपामा भित्र्याएका थिए ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका रामकृष्ण यादव, मुक्ता यादव र दिनेश प्रसैला पनि दाबेदार छन् । तत्कालीन समाजवादी फोरमबाट विजयी अरगरिया लोसपामा पुगेको र सत्ता गठबन्धनमा आबद्ध माओवादीबाहेक कांग्रेस, जसपा र नेकपा एसका आकांक्षी उम्मेदवारहरूले आफू नै टिकट पाउने दाबी गरिरहेका छन् । त्यसैले उनीहरूमध्ये चुनावी मैदानमा को उत्रने निश्चित छैन ।

यस पटक डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवार खडा गर्दैछ ।कुन नेता यो क्षेत्रबाट लड्ने भने अहिले फिक्स भएको छैन।तर उनका कार्यकर्ताहरु संगठन गाउँ गाउँमा निर्माण र विस्तार गरिएको जनमत पार्टीका धनुषाको क्षेत्र नम्बर २ का परिवेक्षक नवीन पण्डितले बताए।

कांग्रेसमा टिकट युद्ध !
यो क्षेत्रबाट चुनाव लड्न कांग्रेसका नेताहरूबीच टिकटका लागि दौडधुप चलिरहेको छ । कांग्रेसका रामकृष्ण यादव यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन् । ७० मा निर्वाचन जितेर गएपछि उनी कृषिमन्त्री बनेका थिए । ७४ मा तेस्रोपटक चुनाव लड्दा पराजित भएका उनी अहिले परिस्थिति बदलेको भन्दै टिकट पाए चुनाव जित्नेमा ढुक्क रहेको भन्दै लबिङमा छन् ।

केन्द्रीय समितिमा सबभन्दा बढी मत पाएर जितेकी मुक्ता यादव र पूर्वसांसद दिनेश प्रसैला पनि टिकटका दाबेदार छन् । ७० मा समानुपातिक सांसद बनेकी मुक्ता ०७४ मा राष्ट्रियसभा सदस्यमा विजयी भएकी थिइन् । दिनेश भने ०७० मा तत्कालीन क्षेत्र नम्वर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो पटक गठबन्धन हुने भएकाले चुनाव जित्ने लगभग पक्का भएकाले टिकट पाउन मुक्ता र दिनेश पनि कसरत गरिरहेका छन् । तर, सत्ता गठबन्धनमा सीट बाँडफाँट भइनसकेकाले उम्मेदवारबारे अलमल छ ।

अब्बल अरगरिया
झण्डै १४ हजार मतान्तरले निर्वाचन जितेका अरगरिया अहिले पनि अरुका लागि चुनौती देखिन्छन् । आफूले जितेर गएपछि निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको अवस्था सुधारेको दाबी गर्दै उनले मतदाताको साथ रहेकोले पुनः जित्ने दाबीसमेत गरे ।

एमालेमा ल्याउन केही शीर्ष नेता लागेपनि त्यो भने सम्भावना नरहेको अरगरियानिकट नेताहरू बताउँछन् ।

सो क्षेत्रमा एमालेबाट अहिले कोही पनि चुनाव लड्ने आकांक्षी देखिएका छैन । यद्यपि गंगाराम यादवको चर्चा छ । एमाले अध्यक्ष ओलीसँग नजिक मानिएका उनी लोसपाबाटै चुनाव लड्दा एमालेको साथ पाउनेमा ढुक्क छन् । सो क्षेत्रका एमाले नेताहरू पनि अरगरियाप्रति सकारात्मक रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]