०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

जनकपुर न्यूरो हस्पिटलमा सफलता : पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ भाद्र।जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया गरिएको छ । जनकपुरधाम–४ मुरली चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो ।

६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देवसुनर देवीको अस्पतालका सञ्चालकसमेत रहेका न्यूरो सर्जन डा. विजयकुमार राउतलगायत चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको हो ।

ब्रेन ट्युमरको काठमाडौंलगायतका स्थानमा उपचार गर्दा ४ लाखसम्म खर्च लाग्ने भए पनि जनकपुर न्यूरो हस्पिटलले उनको शल्यक्रिया न्यून शुल्कमा गरेको डाक्टर राउतले जानकारी दिए । उनका अनसार देवसुनर देवीको मस्तिष्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भइएको हो ।

देवसुनरले पनि पहिले शरीरको दाहिने भाग नचल्ने भए पनि शल्यक्रियापछि चल्न थालेको बताइन् । उनले आफूले शल्यक्रिया गराउँदा बाँच्नै नसक्ने डर रहेको अवस्थामा डाक्टर राउतलगायतका टिमले आफ्नो सफल शल्यक्रिया गरी ज्यान बँचाएकोमा धन्यवादसमेत दिइन् ।

डाक्टर राउतले अस्पताल सञ्चालन गरेको तिन महिनाको अवधिमा यहाँ कार्यरत २५ जना चिकित्सकको टिमले करिव १४/१५ जना बिरामीको सफल शल्यक्रिया गरेको बताए ।

उनले रोगलाई लुकाएर नराख्न आग्रह गर्दै आफ्नो अस्पतालले गरीब, विपन्न बिरामीको सेवामा कदापी पछाडि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरे । यसअघि पनि डाक्टर राउतले गम्भीर प्रकृतिका बिरामी महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेशकुमार यादवको सफल शल्यक्रिया गरेका थिए ।

जनकपुर न्यूरो हस्पिटल न्यूरोसम्बन्धी पहिलो हस्पिटल रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्मेटिक सर्जरीलगायत अन्य सर्जन तथा रोगहरूको उपचार सेवा पुर्याउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]