२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

जसपाका अध्यक्ष यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,६ भाद्र। जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।

पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् ।

‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’

ती नेताका अनुसार पछिल्लो राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]