न्यूजमधेश डेस्क
जनकपुरधाम,६ भाद्र।माओवादी केन्द्रका युवा नेता बिनोद यादव जनमत पार्टीमा प्रवेश गरेका छ्न।
सोमबार माओवादी केन्द्र परित्याग गर्दै नेता यादव जनकपुरधामस्थित पार्टीका केन्द्रिय सचिवालयमा पुगेर पार्टी प्रवेश गरेका हुन।उनी सिरहा जिल्लाको सुखिपुर नगरपालिका -६ निवासी हुन।
नेता यादवलाई जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले दोसल्ला ओढाएर जनमत पार्टीमा स्वागत गरे ।
नेता यादव विगत लामो समयदेखि माओवादी केन्द्रमा लागेका थिए।