०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

विदेह नगरपालिकाको उपमेयर झा सबार गाडीले ठक्कर दिँदा एकको अवस्था गम्भीर

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ भाद्र । धनुषाको औरही गाउँपालिकास्थित हुलाकी राजमार्गमा एक पालिकाको गाडीले दिएको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

प्रदेश–२–०२ ००१ झ ००४२ नम्बरको विदेह नगरपालिकाको गाडीले ठक्कर दिँदा ज.१२प ८६६३ नम्बरको मोटरसाइकल चालक औरही गाउँपालिकाको पोखरभिरा निवासी २७ बर्षीय पुरन मण्डल घाइते भएका हुन् ।

गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

जनकपुरधामबाट जाँदै गरेको उक्त गाडीले विपरित दिशातर्फ आउँदै गरेका मण्डल सबार मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीमा विदेह नगरपालिकाकी उप मेयर सबार थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]